ताजा समाचार

गृहमन्त्री निधि हिस्स,दोस्रो वरियतामा कमल थापा नै

काठमाडौं । उपप्रधानमन्त्रीको वरियता बिवादका कारण लामो समयदेखि मन्त्रीपरिषद् वैठक बस्न सकेको छैन । बस्ने बनेर पटक-पटक मिति तोके पनि सोही कारण स्थगित हुने गरेको छ । मन्त्रीपरिषद् वैठक नवस्दा स्थानीय निर्वाचनको मुखमा महत्वपूर्ण निर्णहरु हुन सकेका छैनन् । उपप्रधानमन्त्री द्वय कमल थापा र विमलेन्द्र निधीबीचको विवाद कायम नै छ । जसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मिलाउन सकिरहेका छैनन् ।

वरियता विदादकै कारण पदबाट राजीनामा दिने बताइरहेका गृहमन्त्री निधिले अब राजीनामा भने नदिने भएका छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले फकाएपछि निधिले सो मनस्थिति बनाएका हुने । तर, अबका मन्त्रिपरिषद् बैठकहरुमा पनि निधि सहभागी नहुने भएका छन् । राप्रपा अध्यक्ष कमल थापा  सरकारमा आएपछि र  थापाले पनि दोस्रो वरियता माग गरेपछि मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको  हो ।

उपप्रधानमन्त्रीको वरिष्ठता विवादका कारण अवरुद्ध हुँदै आएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दैछ । तर, गृहमन्त्री निधी भने सहभागी हुने छैनन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार आजको बैठकले उपप्रधान तथा स्थानीय विकासमन्त्री थापालाई सरकारमा दोस्रो वरियता दिने पक्का जस्तै छ ।
निधिले पनि दोस्रो वरियता दाबी गर्दै आएका छन् । थापा मन्त्री हुनुअघिसम्म प्रचण्ड सरकारमा उनी नै दोस्रो वरियतामा थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org