ताजा समाचार

स्थानीय तहको संख्या पुनरावलोकन सुरु

 

काठमाडौं, ३० चैत । स्थानीय तहको संख्यामा पुनरावलोकन गर्न सरकारले गठित समिति आन्तरिक गृहकार्य अघि सारेको छ।
संविधान संशोधन गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेसी मोर्चाले स्थानीय तहको संख्या बढाउन माग गरेकोले मन्त्रिपरिषदको बैठकले उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

उक्त समितिमा माओवादीका तर्फबाट कानुन मन्त्री अजयशँकर नायक र कांग्रेसका तर्फबाट बनमन्त्री शंकर भण्डारी सदस्य रहेका छन् सदस्य रहेका छन् ।मधेसी मोर्चाले जनसंख्याको आधारमा तराई मधेसका जिल्लामा ५० प्रतिशत स्थानीय तहको संख्या हुनु पर्ने माग गर्दै आएपनि समितिले यसविषयमा के कति संख्या थप्न सकिन्छ भन्ने अध्ययन गरिरहेको बताएको छ ।
‘मोर्चाले भनेजस्तै गरी संख्या वृद्धि गर्ने अवस्था नभएपनि उनीहरुको मागलाई सम्बोधन गर्ने केही परिवर्तनको सुझाव बिहीबारसम्ममा सरकारलाई बुझाउने तयारीमा रहेको एक सदस्यले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org