ताजा समाचार

निर्वाचन आयोगको निर्णयविरुद्ध राप्रपा फेरी आन्दोलनमा उत्रिने

काठमाडौं, १ बैशाख । हिन्दुराष्ट्र र राजसस्था  हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध राप्रपाले फेरी आन्दोलनको घोषणा गरेको छ ।

आज बसेको राप्रपा पदाधिकारी बैठकले निर्वाचन आयोगमा धर्ना दिनेलगाएतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।  घोषित कार्यक्रम अनुसार, निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न बुझाएको  ज्ञापन पत्रको जवाफ अहिले सम्म नआएको भन्दै फेरी पनि आयोगलाई स्मरण पत्र दिने , कानुनी उपचार खोज्ने र ५ गते सबै स्थानीय तहमा आयोगको प्रतिलिपि जलाउने रहेका छन् ।

वैशाख ८ गते निर्वाचन आयोगको केन्द्रीय कार्यालयसँगै ७२ जिल्लामा विरोध सभा गर्दै जिल्ला निर्वाचन कार्यालयमा एक घन्टा धर्ना दिने राप्रपाको निर्णय रहेको छ ।

यसअघि पनि राप्रपाले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । धर्नाको क्रममा प्रहरीसँग झडप हुँदा राप्रपाका नेता कार्यकर्ता धेरै मात्रामा घाइते भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org