ताजा समाचार

आँशिक प्राध्यापकले भेटे प्रधानमन्त्री र शिक्षा मन्त्री:समस्या समाधान गर्ने आश्वासन

काठमाडौँ, ३  बैशाख । नेपाल आंशिक प्राध्यापक संघले  प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड र शिक्षा मन्त्री धनीराम पौडेललाई  भेट गरी ज्ञापन पत्र बुभाएका छन् ।

सो ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले पर्सि कार्यालय खुल्नासाथै त्रिविका भीसी, शिक्षा मन्त्री तथा शिक्षा सचिवलाई सम्पर्कग गरी आंशिक प्राध्यापकहरूका समस्या तत्काल हल गर्न निर्देशन दिने बचन दिए । त्यसैगरी आज  आँशिक प्राध्यापक सँघले शिक्षा मन्त्रीलाई पनि ज्ञापन पत्र बुझाएका छन् मन्त्रीले सकेसम्म समस्याको समाधान गर्ने प्रतिबद्दता जनाएका छन् ।
प्रधानमन्त्री  पुष्पकमल दाहाल ले आंशिक प्राध्यापकहरूका समस्या मार्मिक भएको आफूले अनुभूत गरेक‍ो पनि बताए ।उनले आंशिक प्राध्यापकहरूको समस्या समाधान गर्न आफू पहिलोपल्ट प्रधानमन्त्री भएका बेला २०६५ सालमा पहल गरेको तर अहिलेसम्म काम नभएको पाएर दुस्ख लागेको भन्दै यसबाट आफूले गम्भीरतापूर्वक अब यो समस्या तत्कालै समाधान गर्ने प्रतिबद्धता प्रकट गरे ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्मा, महासचिव नरेन्द्रप्रसाद भण्डारी लगायतका केन्द्रीय पदाधिकारी तथा प्राध्यापकहरू गरि ३० जना जति आंशिक प्राध्यापकहरूको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो ।

प्रतिनिधिमण्डलले यसअघि बारम्बार सरकार र त्रिविसँग भएका सम्झौता कार्यान्वयन नभएको स्मरण गराउँदै ती सम्झौताको तत्काल कार्यान्वयन गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । ती सम्झौताहरू कार्यान्वयन नगरिए कडा संघर्ष गर्ने चेतावनी नेपाल आंशिक प्राध्यापक संघकोप्रतिनिधिमण्डललेदिएको थियो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको समेत उपस्थिति थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org