ताजा समाचार

चर्को आलोचनापछि शुक्रबारको सार्वजनिक विदा फिर्ता लिने निर्णय

काठमाडौं ४ बैशाख । चर्को आलोचनापछि सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको छ ।

सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ ।

तर, शुक्रबारको विदा भने फिर्ता भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति फर्किने दिन शुक्रबारको दिने भनिएको विदा फिर्ता लिइएको हो ।

राष्ट्रपति भण्डारी भारत जाँदा–आउँदा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि सामाजिक सञ्जालत तथा सञ्चारमा माध्यममा सरकारको चर्को आलोचना भएपछि सरकारले विदा फिर्ता लिएको हो ।

 

यो पनि पढ्नुस्

 

http://news-nepal.com/%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%AA%E0%A4%A4%E0%A4%BF-%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org