ताजा समाचार

निर्वाचन आयोगद्वारा मतदाताको नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि मतदाताको फोटो सहितको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

गत फागुन ९ गतेसम्म १८ बर्ष उमेर पुगेका मतदातालाई समावेश गर्दै आयोगले कुल १ करोड ५४ लाख ४ सय ८२ मतदाताको अन्तिम नामावली आज सार्वजनिक गरेको हो ।

स्थानीय तहको निर्वाचनमा पछिल्लो संविधानसभा निर्वाचनमा भन्दा झण्डै १९ लाख मतदाता थपिएका छन् ।

आयोगले आफ्नो वेभसाईट मार्फत् सार्वजनिक गरेको नामावली अनुसार कुल मतदातामध्ये ७० लाख ६९ हजार ७ सय १४ पुरुष, ६९ लाख ८४ हजार ६ सय २५ महिला र १ सय ४३ तेस्रो लिङगी छन् ।

आयोगले फोटो सहितको मतदाता परिचय पत्र छपाईमा पनि तिब्रता दिएको छ । छपाईको जिम्मा पाएको ओमनी ग्रुपले काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

आज बिहान सम्म ७१ जिल्लाको परिचयपत्र छपाईको काम सकिएको कम्पनीले जनाएको छ । बाँकी ४ जिल्लाको परिचयपत्र केहि दिनभित्रै सक्ने गरी काम अघि बढेको सो कम्पनीले जनाएको छ ।

आफ्नो नाम छ कि छैन हेर्न यहाँ क्लिक गर्नुहोस् । 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org