निर्वाचनलाई केन्द्रित गरी सुरक्षा योजना तयार : उपप्रधान तथा गृहमन्त्री निधि
खजुरा (बाँके), ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताउनुभएको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको आज नेपालगन्जमा उद्घाटन गर्दै गृहमन्त्री निधिले केन्द्रीय सुरक्षा समितिले निर्वाचनलाई लक्षित गरी विशेष योजना तयार गरेको जानकारी गराउनुभयो ।
उहाँले निर्वाचनमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार, राजनीतिक दल र मतदान केन्द्रको सुरक्षा गर्न सुरक्षा प्रमुखहरुलाई सम्पूर्ण क्षमता प्रयोग गर्न निर्देशन दिँदै निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री निधिले निर्वाचनमा केही असन्तुष्टि, असमझदारी, संविधान विरोधी, भूमिगत समूह तथा राजनीतिक शक्तिहरु सक्रिय रहेकाले चुनौती पनि भएकाले त्यसलाई सामना गर्न सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको बताउँदै निर्वाचन आयोगसँगको समन्वयमा निर्वाचन सम्पादन अभियान अगाडि बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “हामी निर्देशन गर्ने र योजना बनाउने हो, कार्यान्वयन गर्ने तपाईंहरु हो, त्यसैले तपार्इंहरुको भूमिका महत्वपूर्ण छ, हरेक नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्वाचन सम्पन्न गराउन हाम्रो काँधमा ठूलो जिम्मेवारी छ ।”
उपप्रधानमन्त्रीसमेत रहनुभएका गृहमन्त्री निधिले यो मुलुकको लागि ऐतिहासिक पुनःसंरचना भई लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले सबैले यसमा सहभागिता जनाउनुपर्ने बताउँदै अब नागरिकका अधिकार सुनिश्चित हुने बेला आएको छ भन्नुुभयो । उहाँले भन्नुभयोे – “यो बैठकले क्षेत्र, अञ्चल र जिल्लाका सुरक्षा व्यवस्था रणनीतिका विषयमा छलफल गरी विशेष प्याकेज तयार गर्नेछ ।”
गृह सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गृह मन्त्रालयका सहसचिव तथा सुरक्षा समन्वय महाशाखा प्रमुख बालकृष्ण पन्थीले गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले स्वागत मन्तव्य राख्नुभएको थियो ।
गोष्ठीमा क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र मध्यपश्चिमाञ्चल क्षेत्रका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षा प्रमुखको सहभागिता रहेको छ ।
गोष्ठीमा जिल्लागत रुपमा सुरक्षा अवस्थाका विषयमा प्रस्तुतीकरण र वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षा रणनीतिक योजनालगायतका विषयमा विशेष छलफल गरी योजना तयार गरिने जनाइएको छ । रासस
Comments
अरु समाचार
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...