ताजा समाचार

राष्ट्रपति भण्डारीलाई मुखर्जी र मोदीको ‘विशेष सम्मान’

बैशाख, ५ नयाँदिल्ली । भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले सँयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरेका छन् ।

राष्ट्रपतिको भवन फोरकोर्टमा राष्ट्रपति भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् ।
राष्ट्रपति भण्डारीलाई सुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमै भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीको सम्मानमा ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो ।

राष्ट्रपति भण्डारीको भारत भ्रमणको औपचारिक भेटघाट कार्यक्रम आजै सकिनेछ । बुधबार र विहीबार उनी दिल्ली बाहिर रहनेछिन् ।

स्वागत ग्रहण सकेर राष्ट्रपति भण्डारीले विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी छन् । विहान १० बजे भने उनी यमुना जैविक विविधता पार्कको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहान साढे ११ बजे राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
र सवा १२ बजे गृहमन्त्री राजनाथ सिंहले भेट गर्नेछन् । अपरान्ह पौने ४ बजे वित्तमन्त्री अरुण जेटलीले शिष्टाचार भेट गर्नेछन् ।

राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो उद्योगी व्यवसायीहरुलाई सम्वोधन गर्नेछिन् ।

मंगलबार बेलुका साढे ४ बजे प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भण्डारीवीच भेटवार्ता हुनेछ र साढे ५ बजे उपराष्ट्रपति हमिद अन्सारीले शिष्टाचार भेट गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org