ताजा समाचार

डीआईजी सिलवाललाई स्पष्टीकरणका लागि पत्र,चित्तबुझ्दो जवाफ नआए विभागीय कारवाही गरिने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले डीआईजी नवराज सिलवाललाई स्पष्टीकरणको लागि पत्र काटेको छ । २०७३ चैत २९ गते प्रहरी महानिरीक्षक प्रकाश अर्यालको सपथ ग्रहण र महानिरीक्षक अर्यालले बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा उपस्थित नभएको कारण देखाउँदै डीआईजी सिलवालाई स्पष्टीकरणको पत्र काटेको हो ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले स्पष्टीकरण पत्र काटेको स्वीकार गरेका हुन् । डीआईजी सिलवालले पत्रको चित्तबुझ्दो जवाफ नदिएमा उनलाई विभागीय कारवाही हुने कार्यालयले जनाएको छ ।

अर्यालले महानिरीक्षकका रुपमा पीसीसीको पहिलो बैठक बोलाएका थिए । जसमा सरकारले आईजीपीमा बढुवा गरेर पनि फुली लगाउन नपाएका डीआईजी जयबहादुर चन्द सहभागी भएका थिए । तर, सिलवाल भने पीसीसी मिटिङ छाडेर सरकारको निर्णयविरुद्ध अदालत पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org