ताजा समाचार

मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने

काठमाडौं, ६ वैशाख । मधेसी मोर्चामा आवद्धरहेका पाँच दलबीच एकता हुने भएको छ। सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीबीच  एकताको घोषणा हुने भएको छ । आजै  पार्टी एकताको औपचारिक घोषणा हुने मोर्चाका एक नेताले बताएका छन् ।
बुधबार राति अबेरसम्म बसेको वार्तामा पार्टीको नाम र नेतृत्वबारे सहमति भएको हो। ‘मधेस’ शब्द हटाउँदै अब एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिने भएको छ । पार्टीको चुनाव चिह्न र झन्डा ‘छाता’ रहने सहमति भएको छ। झन्डामा तीन रंगमा तीन रँगको प्रयोग गरिने भएको ।
पार्टीले एक वर्ष भित्रमा अधिवेशन गरिसक्ने गरी सहमति गरिएको छ । तमलोपा अध्यक्ष महन्त ठाकुरलाई सर्वोच्च नेता बनाउने सबैको सहमत भएपनि ठाकुरले त्यो पद आफूलाई नचाहिएको र अध्यक्ष मण्डलमै रहेर काम गर्न तयार रहेको बताएका थिए ।
आजै १२ बजे सबै दलका अध्यक्ष बसेर पार्टीको नामको अन्तिम टुंगो लगाउने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशब झाले जानकारी दिएका छन् ।
पार्टी एकीकरणमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत समेट्ने प्रयास भइरहेको तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिएका छन् । मोर्चामा रहेका दुर्इ दल नेपाल सद्भावना पार्टी र संघीय समाजवादी फोरमले यो एकता प्रक्रियामा सहभागी भएका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org