ताजा समाचार

चुनावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मोर्चालाई बालुवाटार

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि बिहान आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसीसँग तराई–मधेसको चुनाव दोस्रो चरणमा गर्नेबारे छलफल गर्ने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार (८ बैशाख) भोलि बिहान ८ बजे मोर्चा नेताहरुसँग संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचन छलफल गर्न लागेको वताइएको छ । बैठक बालुवाटारमा हुनेछ ।

मोर्चा सम्बद्ध सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले वार्ताका लागि आफूलाई खबर आएको पुष्टि गरे । उनले तराई–मधेसको निर्वचानबारे के गर्ने भन्ने विषयमा छलफल गर्न बोलाउनुभएको वताए । संविधान संशोधन नभइ मधेसमा चुनाव गर्न मधेसी मोर्चा सहमत नभएका कारण वार्तामाबाटै समाधान खोज्न लागिएको हो ।

सरकारले गत चैत २९ गते संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गरेपछि मधेसी मोर्चा सहमतिबिना एकलौटी प्रस्ताव ल्याइएको भन्दै असन्तुष्ट छ ।

संविधान संशोधन गरेर मात्रै चुनावमा जानुपर्नै माग राख्दै मोर्चा र संघीय गठबन्धनले वैशाख ५ गतेदेखि नै आन्दोलन थालेका छन् । यही वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन विथोल्ने नियतले मोर्चा–गठबन्धनले वैशाखभरको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

 

फाइल फोटो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org