सडकले ल्याएको खुसी
बागलुङ, ७ वैशाख । “यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ”, जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भन्नुभयो – “बुढ्यौलीमा विकास देख्न पाइयो ।” विकासबाट वञ्चित बोर गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । मङ्गलबार बोर पुगेका जिप, ट्र्याक्टर, मोटरसाइकलाई गाउँलेले बाजागाजासहित स्वागत गरे ।
गाउँमा मोटर आएको अवसर छोपेर स्थानीयवासीले ‘खुसियाली कार्यक्रम’ को आयोजना गरेका थिए । मोटर चढेर गाउँ पुगेका अतिथिलगायत सवारी चालकलाई गाउँलेले फूलमालाले सम्मान गरे । दिनभरजसो नौमती बाजामा नाचगान गरेर स्थानीयवासीले ‘उत्सव’ नै मनाए । ९१ घरधुरी रहेको बोर गाउँमा गत महिनामात्र सडक पुगेको थियो । कुश्मीसेरा–सर्कुवा–बिनामारे–अर्जेवा–जैदी–छिस्ती कृषि सडकअन्तर्गतको एउटा खण्ड बोर गाउँमा पर्छ ।
जैदीकै पाहाकोटसम्म गत वर्ष नै मोटर गुडे पनि पाँच किमी टाढाको बोरसम्म सडक पुग्न एक वर्ष लाग्यो । “पारि गाउँमा मोटर गुडेको हेरेर चित्त बुझाउँथ्यौँ”, स्थानीयवासी जङ्गबहादुर रानाले भन्नुभयो – “अहिले त बोर गाउँको मुहार फेरियो, विकासको मेरुदण्ड सडक आयो ।” सडकलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्ने रानाले बताउनुभयो । स्थानीय दीपज्योति आमा समूहकी अध्यक्ष कलावती रानाले बोर गाउँवासीको विकासको सपना पूरा भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले सडकसँगै अन्य विकासका पूर्वाधार निर्माणमा गाउँले एकजुट हुनुपर्ने बताउनुभयो । सडकले सदरमुकामसँगको यात्रालाई छोटाएपछि गाउँलेले ठूलो सुविधाको अनुभव गरेका छन् । दिनभर हिँडेर पनि नपुगिने सदरमुकाम बागलुङ बजारमा अहिले तीन घन्टामै पुग्न सकिने भएको छ । तत्कालीन जिविसले वर्षौंअघि खन्न सुरु गरेको कृषि सडक बल्लतल्ल बोर गाउँसम्म पुगेको हो । सडक उपभोक्ता समितिका अध्यक्ष लीला रानाले ठूलो मेहनतले सडकलाई जैदीमा छिराएको बताउनुभयो ।
उहाँका अनुसार सडकलाई छिस्तीसम्म पु¥याउन अझै धेरै काम बाँकी छ । जिल्लाको पश्चिम क्षेत्र सडक सञ्जालमा छिटो जोडिए पनि दक्षिण भेग पछाडि परेको उहाँको भनाइ छ । “जिविसको ठूलो योजनामध्येमा परे पनि धेरै कठिनाइ र अवरोधका कारण सडक निर्माणमा ढिलाइ भएको हो”, अध्यक्ष रानाले भन्नुभयो – “अब सहज ढङ्गले छिस्तीसम्म सडक जोडिन्छ ।” जिल्ला समन्वय समिति (तत्कालिन जिल्ला विकास समिति) ले चालु आवमा सडकका लागि रु १३ लाखँ अनुदान छुट्याएको थियो ।
यस्तै, आर्थिक केन्द्रअन्तर्गतको अर्थ मन्त्रालयबाट प्राप्त रु २० लाख पनि सडकमा खर्च भइसकेको उपभोक्ता समितिले जनाएको छ । कृषि सडकको बाँकी मार्ग खोल्न आवश्यक बजेट व्यवस्था गरेर समयमै काम पूरा गरिने जिल्ला समन्वय समितिले जनाएको छ । उक्त सडकले जैमिनी नगरपालिकाका अधिकांश वडालाई समेटेको छ ।
कृषि उत्पादनलाई बजारसम्म ल्याउन र अन्य आर्थिक गतिविधिका लागि कृषि सडक महत्वपूर्ण मानिएको छ । सडक पुगेको अवसरमा खुसियाली मनाउन बोर साहित्यिक सङ्गम, दीपज्योति आमा समूह, जनप्रिय युवा क्लब र सयपत्री युवा क्लबले कार्यक्रमको आयोजना गरेका थिए । रासस (तस्बिर उपलब्ध छ)
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...