जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्
बाबियाचौर (म्याग्दी), ७ वैशाख । म्याग्दीका वृद्धवृद्धाले चालु आवको दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् ।
सरकारले प्रत्येक चारचार महिनामा वितरण गर्ने सामाजिक सुरक्षा भत्ता निकासा हुन ढिलाइ हुँदा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । माघमा वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता बेनी नगरपालिकाबाहेकको स्थानीय निकायमा निकासा हुन सकेको छैन ।
भत्ता रकम समयमा नपाएका कारण वृद्धवृद्धाले गाउँपालिकाको वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् । स्थानीय तहको पुनःसंरचना अनुसार जिल्ला समन्वय समिति र गाउँपालिकाको खाता सञ्चालन गर्न ढिलाइ गर्दा लक्षित समुदाय सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् ।
गत माघ १५ गतेभित्र वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता तत्कालीन जिल्ला विकास समितिको ढिलासुस्तीका कारण अहिलेसम्म पाउन नसकेको ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई अघि बढाउन र आसन्न निर्वाचनमा मतदान केन्द्रलाई ज्येष्ठ नागरिकमैत्री बनाउन समाजले सम्बन्धित निकायसँग माग गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका सचिव कुलप्रसाद आचार्यले पुनःसंरचना र नयाँ खाता सञ्चालनमा भएको ढिलाइले सामाजिक सुरक्षा भत्ता वितरण, विकास योजना र कार्यक्रमको रकम भुक्तानीको काम प्रभावित भएको बताउनुभयो ।
गाउँमा जाँदा ज्येष्ठ नागरिकले शङ्का र गुनासो गरेको बताउनुभयो । जिल्ला समन्वय समितिका सामाजिक सुरक्षा भत्तासम्बन्धी फोकल पर्सन राजेन्द्र आचार्यले साविकको गाविस कार्यालयको खातामा सामाजिक सुरक्षा भत्ताको रकम पठाउने तयारी भएको अवस्थामा रघुगङ्गा र धौलागिरि गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिबाट तालाबन्दी भएपछि रोकिएको काम खाता परिवर्तनमा ढिलाइ हुँदा प्रभावित बनेको बताउनुभयो ।
जिल्ला समन्वय समितिको नयाँ संरचनाअनुसारको खाता सञ्चालन भएको र गाउँपालिकाको खाता सञ्चालन भएपछि अबको केही दिनमै रकम पठाइने आचार्यले बताउनुभयो । दोस्रो चौमासिकको करिब रु सात करोड सामाजिक सुरक्षा भत्ता वितरण हुँदैछ ।
म्याग्दीमा चालु आव २०७३\७४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या २३ हजार ३४४ जना रहेको छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला, (क) र (ख) वर्गका अपाङ्ग र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । रासस
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...