ताजा समाचार

प्रधानमन्त्रीले बोलाएको बैठकमा उपेन्द्र यादव सहभागि भएनन्

काठमाडौ, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र मधेसी मोर्चाका नेताहरुलाइ बोलाएको बैठकमा सँघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव गएनन् ।

प्रधानमन्त्री प्रचण्डले सत्तारुढ कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर बैठमका यादव आफू सहभागि नभएर वरिष्ठ नेता अशोक राई र उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई पठाएका छन् । साथै कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पनि बैठकमा उपस्थित छन् ।
बैठकमा नवगठित राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सबै सदस्य सहभाभि रहेका छन् । मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गर्दै राष्ट्रिय जनता पार्टी बनाएका थिए ।
आजको बसेको बैठकमा स्थानीय तहको चुनाव र संविधान संशोधन विधेयकमा छलफल र सहमतिको प्रयास हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org