ताजा समाचार

पार्टी एकता गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव सहमत

काठमाडौं, ८ बैशाख । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी एकता गर्न सहमत भएका छन् । पार्टी एकता गर्न  संयोजन समिति’ पनि गठन भएको छ ।

डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आज शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकता संयोजन समिति गठनको भएको घोषणा गरेका हुन् ।

समितिमा डा भट्टराई, उपेन्द्र यादव र संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राई छन् । समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको , वक्तव्यमा भनिएको छ ।

यसका साथै संघीय गठबन्धन, मधेशी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले आफूहरुले अघि सारेका माग सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org