ताजा समाचार

म पेन्सन खाने प्रधानन्यायाधीस मात्रै हुन्न : वरिष्ठ न्यायाधीश पराजुली

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले न्यायपालिकबारे भइरहेका सार्वजनिक टीका टिप्पणीको आत्मासमीक्षा र सुधारको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल वार एसोसिएसनको पोखरामा आयोजीत ४४ औँ कार्यकारिणी परिषद् तथा वार्षिक साधारणसभामा न्यायाधीश पराजुलीले कतै न्यायप्रणली र हाम्रो कार्यशैलीति समाजमा निराशा कुण्ठा र अविश्वास बढेको त होइन भन्ने लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,सार्वजनिक रुपमा प्रकट भएका टिप्पणीबाट म व्यक्तिगत रुपमा चिन्तित छु ।

न्यायपालिका खास मुल्य मान्यताबाट सञ्चालित हुने विशिष्ट प्रकृतिको संस्था भएकाले ती मुल्य मान्यताको पालनामा अडिग हुन नसकिएका कारण त्यस्ता टिप्पणी उठेका त होइनन् भन्ने प्रश्न आफैँभित्र उठेको पनि न्यायाधीश पराजुलीले सुनाउनुभयो ।
पराजुलीले न्यायपरिषद् सदस्यको हैसियतले आफ्रनो जिम्मेवारीको केही हिस्सा हुने भन्दै न्यायिक मुल्य मान्यताको पालनामा कुनै पनि परिस्थितिसँग सम्झौता हुनुहुँदैन भन्नेमा दृढता प्रकट गर्नुभयो ।

न्यापालिका मुद्याको छिनोफानो मात्रै गर्ने नभई सभ्यता बनाउने संस्था भएको उहाँको तर्क थियो । न्यायपालिकाले कानुनको पालनामा उदाहरण बनेर देखाउनुपर्ने चुनौती हामीसामु छ न्यायाधिश पराजुलीले भन्नुभयो ,न्यापपालिका आफै कानुनको पालनमा चुक्यो भने समाजका अन्य क्षेत्रबाट हाम्रा काम कारबाहीउपर औँला ठडिन सक्छ ।

पराजुलीले आफु पेन्सन खाने प्रधानन्यायाधीश मात्रै नहुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सत्य बोलेर जाने प्रधानन्यायाधीश हुनेछु ,उहाँले भन्नुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org