ताजा समाचार

मधेसी मोर्चासँग आज निर्णायक वार्ता हुन्छ नेता सिंह

काठमाडौँ, ९ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसी मोर्चासँग भएको वार्ता सकारात्मक भएको बताएका छन् ।

मिरमिरे युवा समाजले आज बिहान सिनामङ्गलमा आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा नेता सिंहले निर्वाचनमा जान मधेसी मोर्चा सहमति नजिक आएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “आज मधेसी मोर्चा र सरकारबीच निर्णायक वार्ता हुन्छ ।”

नेता सिंहले काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनको मुख्य भूमिका काँग्रेसको रहेको भन्दै यसका लागि सबै दललाई मिलाउने र निर्वाचनमा लैजाने जिम्मा काँग्रेस भएको विचार व्यक्त गरे ।

नेता सिंहले पछिल्लो समय भएका छलफल र वार्ताले मुलुकमा चुनावी वातावरण बन्दै गएको भन्दै निर्धक्क भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org