ताजा समाचार

महासङ्घ काठमाडौँ शाखाको निर्वाचन आइतबार

काठमाडौं, ९ वैशाख । नेपाल पत्रकार महासङ्घ काठमाडौंको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुने भएको छ ।

शुक्रबार शाखाको १० औं अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी गराए ।
निर्वाचन सम्पन्न भएको एक घन्टापछि मतगणना गरिने छ । आइतबार निर्वाचनका लागि आज उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने छन् ।

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । शाखा कार्यालय भृकुटीमण्डपमा कार्यसमितिका लागि बिहान ११ देखि १ बजेसम्म र केन्द्रीय पार्षद् तथा प्रदेश पार्षद्का लागि बिहान २ देखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन गराउने समय तोकिएको पोखरेलले जानकारी गराए ।

नयाँ नेतृत्वका लागि शन्तराम बिंडारी र रामकृष्ण अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । चैतमा हुनुपर्ने अधिवेशन सदस्य विवादका कारण रोकिएको थियो । शाखामा करिब एक हजार तीन सय ५० मतदाता छन् ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org