काँग्रेसको उम्मेदवार तय गर्ने संयन्त्र पुरानै
काठमाडौँ, १२ वैशाख । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने जिल्लास्तरीय पुरानै संयन्त्रलाई यथावत् राखेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको पदाधिकारी र कार्यसम्पादन समितिका उपलब्ध सदस्य बैठकले यही वैशाख ११ गते जिल्लामा गरेको परिपत्रलाई सच्चाई संयन्त्रमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि राख्नु नपर्ने निर्णय गरेको हो ।
पार्टीले सोमबार जिल्लास्थित संयन्त्रमा सम्बन्धित जिल्लाका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई पनि थप गर्न परिपत्र गरेको थियो । जिल्लाबाट उम्मेदवार चयन गर्ने संयन्त्र ठूलो हुँदा निर्णय गर्न अफ्ठ्यारो हुने गुनासो आएपछि पुरानै परिपत्रानुसार काम गर्न पार्टीले आज परिपत्र गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले यसअघिको परिपत्रमा उल्लेख भएको अधिकतम सहमतिका सट्टामा सहमतिका आधारमा निर्णय गर्न सक्ने नयाँ परिपत्र गरेको छ । काँग्रेसले गत चैत १६ गते पार्टीका स्थानीय संरचनामा संयन्त्र बनाई उम्मेदवार चयन गरिने परिपत्र पठाएको थियो । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठलगायत उपस्थित हुनुहुन्थ्यो ।
Comments
अरु समाचार
-
जलवायु परिवर्तनका चुनौती समाधानमा सबै जुट्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने...
-
‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने...
-
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरेकि छन्...
-
काठमाडौँवासीलाई बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने मन्त्रालयको तयारी
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको...
-
सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले...
-
संविधान संशोधन गर्न कार्यदलले आन्तरिक रूपमा काम गर्दैछः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । एमाले केन्द्रीय...
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
संविधान संशोधनको विषयमा छलफल प्रारम्भ गरिसकेका छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन्। मंगलबार काठमाडौँमा...