लेक लागेर बर्सेनि दुईजना पर्यटक ज्यान गुमाउँछन्
मुस्ताङ, १३ वैशाख । हिमालपारिको जिल्ला मुस्ताङमा बर्सेनि दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ । कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो समय एक महिनाअघि चैत १२ गते मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तपुरका रामकृष्ण खत्रीको ज्यान गएको थियो । गत असोजमा दोलखाका राजाराम तामाङको ज्यान गएको प्रहरीको तथ्याङ्कमा छ । दुवैजना मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा अचानाक बेहोस भएर अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
मुस्ताङका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले उच्च क्षेत्रमा जाँदा आवश्यक सावधानी नअपनाउँदा पर्यटकले ज्यान गुमाउने गरेको बताउनुभयो । “पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या विदेशी पर्यटक र नेपाली पर्यटक बराबर नै छन्”, उहाँले भन्नुभयो । मुक्तिनाथ क्षेत्रका स्थानीयवासीले मुक्तिनाथ स्वास्थ्यचौकीमा अक्सिजनको व्यवस्था गर्न माग गरेका छन् ।
गाउँमुखिया सुरज गुरुङले स्वास्थ्यचौकीमा अक्सिजन नहुँदा मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो ।
धार्मिकस्थल मुक्तिनाथसहित कागबेनी, दामोदरकुण्डलगायत मुस्ताङको प्राकृतिक सुन्दरताका कारण बर्सेनि हजारौँ पर्यटक दर्शन र भ्रमणका लागि आउने गरेका छन् । एक वर्षमा मुस्ताङमा ४० हजारभन्दा बढी बाह्य पर्यटक भ्रमणका लागि भित्रिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ । रासस
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...