ताजा समाचार

सुर्खेतमा निर्वाचन प्रक्रियाको काम अन्तिम चरणमा

सुर्खेत १३ बैशाख । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १९–२२ गतेसम्म निर्वाचन चिन्ह वितरण हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुर्खेतद्वारा आयोजना गरिएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सो कुरा वताइएको हो ।
जिल्ला निर्वाचन कार्यलय सुर्खेतकी निर्वाचन अधिकारी सुनिता थापाले स्थानीय तहको निर्वाचन प्रक्रियाको काम अन्तिम चरणमा पुगेको बताइन् । उनले निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना भईसकेको जानकारी दिइन ।

अधिकारी थापाले मुख्य निर्वाचन कार्यालय सुर्खेतमा स्थापना भएको र अन्य बजार बाहिर पनि ८ वटा निर्वाचन केन्द्रहरु स्थापन भएको बताइन्। ‘अब उम्मेद्वारीमा दलका कार्यकर्तामा अन्योलता देखिएको बताउँदै थापाले निर्वाचनमा गाउँसभा तथा नगरसभामा अल्पसंख्या जातिहरुलाई पनि समेटिनुपर्ने बताइन । निर्वाचनको उम्मेद्वारी अल्पसंख्यक र महिला उम्मेद्वार अनिवार्य हुनुपर्ने बताइन् ।

नगरमा ५ जना महिला, गाउँमा ४ महिला अनिवार्य हुनुपर्ने बताइन् । थापाले सुर्खेतमा अहिले सम्म १९ दल दर्ता भइसेकेको जानकारी दिइन् । संघीय समाजवादी पार्टी फोरम नेपाल र समाजवादी जनता पार्टीले पनि भाग लिन पाउने वताइन् ।
निर्वाचन कार्यलयको गर्नुपर्ने काम मतपेटीका र मतपत्र आउन बाँकी छन् । यो १÷२ दिन भित्रै आइपुग्ने उनले बताइन् । मतदाता परिचयपत्र सम्बन्धित मतदाता केन्द्रबाट वितरण हुनेछन् । सुर्खेतमा १३८ मतदान केन्द्र रहेका छन् ।

बबई हतिखालका ५ सय ३७ मतदाताको लागि त्यतै हुनेछ । २ सय ४० वटा मतदान केन्द्र रहने भन्दै सम्पूर्ण काम अन्तिम तयारी भएको बताइन् ।

सुर्खेतमा कुल जम्मा १ लाख ८४हजार,३ सय ९९ मतदाता रहेका छन्। जसमा ९५ हजार १ सय ३१ जना पुरुष मतदाता छन् भने ८९ हजार २ सय ६८ जना महिलाहरुले निर्वाचनमा भाग लिन पाउने थापाले जानकारी दिएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org