ताजा समाचार

नेपाल टेलिमको मोबाइलमा समस्या

दमक, १५ वैशाख  । बुधबार पूर्वमा नेपाल टेलिकमको सेवा ठप्प भयो मोबाइलदेखि ल्याण्डलाइनमा समेत फोनमा सम्पर्क हुन सकेन । नेपाल टेलिकमको पोष्टपेड नम्बरमा यस्तो समस्या देखिने गरेको भएपनि बुधबार भने प्रिपेड र ल्याण्डलाइनमा समेत बिहानदेखि सेवा अवरुद्ध बन्यो ।

‘सारै समस्या भयो आमाको मुख हेर्ने दिन विहानै कुरा गर्न खोजेको फोनै लागेन, एनसेल नम्बर पनि थियो तर बजारमा कतै पनि एनसेलको कार्ड पाइएन । दमककी विना लुईटेलले बताइन् ’ । उनले थपिन्, नेपाल टेलिकमको कुरा गरि साध्य छैन, कुरा गर्यो न आवाज राम्रो सुनिन्छ,न  त भनेको बेला फोन कतै लाग्छ फोन लागेपनि बीचमा कटिहाल्छ  ।

फोन गर्दा गर्दै काटिए सेवाप्रदायकले ग्राहकलाई क्षतीपूर्ती दिनुपर्ने नियम ल्याउने तयारीमा सरकार रहेको बेलामा यसरी नेपाल टेलिकमको सेवामा पटक पटक समस्या देखिएको हो । प्रिपेडभन्दा पोष्टपेड मोबाइलमा यस्तो समस्या धेरै आउने गरेको ग्राहकको अनुभव छ ।

टेलिकमको नेटवर्कमा समस्या आइरहँदा विकल्पमा एनसेलको सिम बोक्ने पूर्वका ग्राहकहरु केही दिनयता एनसेलको रिचार्ज कार्डको अभाव झेलिरहेका छन् । पूर्वका शहरहरुमा एनसेलको रिचार्ज कार्ड अभाव देखिएको छ । डिलरहरुमा रिचार्जकार्ड अभाव हुँदा ब्लाकमा बिक्री हुन थालेको छ । एक सय रुपैयाको कार्ड एक सय १० रुपैयासम्म बिक्री हुन थालेको छ । एनसेलको रिचार्ज कार्ड महँगोमा किन्नु परेको उपभोक्ताहरुले बताएका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org