ताजा समाचार

संविधान संशोधन र निर्वाचनका बारे सर्वदलीय बैठक बस्दै

काठमाडौं १५ बैशाख । संसदमा रहेको संविधान संशोधन विधेयक पारित गर्न सहयोगका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आव्हान गरेका छन्। प्रधानमन्त्री प्रचण्डले दिउँसो ३ बजे बालुवाटारमा सर्वदलीय बैठक राखेका हुन्।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै प्रधानमन्त्रीले छलफल आयोजना गर्न लागेका हुन्।

संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राख्नुभएअनुसार नै छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसदमा सैद्धान्तिक छलफल पछि स्वीकृत भएको संविधान संशोधन विधेयक १७ गतेको संसद बैठकबाटै पारित गर्ने तयारी सरकारको छ। संविधान संशोधनका लागि दुई तिहाई आवश्यक हुने भएपनि संशोधनको पक्षमा खुलेरै दुई तिहाई पुगेको छैन।

एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धन अहिलेसम्म संशोधनको विपक्षमा छ। उसले संशोधन माथि साझा र छुट्टाछुट्टै संशोधन राख्ने जनाएको छ।

एमाले लगायतका दलहरुले १७ गतेको बैठकमा अनिवार्य उपस्थितिका लागि आफ्ना सांसदहरुलाई सूचना जारी गरि सकेका छन्। गठबन्धनले संशोधनमा दुई तिहाई पुग्न नदिने जनाएको छ।फइल तस्बिर 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org