ताजा समाचार

संविधान संशोधनमा सहयोग गर्नुस् : प्रधानमन्त्री

 

काठमाडौं, १६ वैशाख, । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको पक्षमा सहयोग गरि निवार्चनमा आउन एमालेलाई आग्रह गरेका छन् । जेठमा १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था संशोधन गरेर दोस्रो चरणको निर्वाचनपछि ल्याउन सकिने उनको प्रस्ताव राखेका छन्

प्रधानमन्त्रीले शुक्रबार साँझ एमाले शीर्ष नेतृत्वसँग छलफल गर्दै यस्तो प्रस्ताव राखेका हुन् । ‘मधेसी मोर्चा पनि निर्वाचनमा जाने तयारी गरिरहेका छन् । अब तपाईंहरु पनि संविधान संशोधनमा तयार हुनुस् र सहमतिमै अघि बढौं,’ छलफलमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार एमाले नेतृत्वसँग प्रधानमन्त्रीको आग्रह थियो, ‘निर्वाचन दुई चरणमै गर्नुपर्ने भयो । तर, बजेट दोस्रो चरणको निर्वाचनपछि गर्न सकिन्छ ।’

तर, प्रधानमन्त्रीको प्रस्तावलाई एमाले नेताहरुले अस्वीकार गरेका छन् ।सँविधान संशोधनमा आफूहरुको सहयोग नहुने र निर्वाचन एकै चरणमा गर्नुपर्ने एमालेको माग छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org