ताजा समाचार

एमालेको घोषणापत्र तयार, अब वृद्धभत्ता ५ हजार पुर्‍याउने

 

काठमाडौं, १६ वैशाख । स्थानीय तहको निर्वाचनका लागि विभिन्न दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका बेला नेकपा एमालेले पनि आफ्नो घोषणापत्र तयार पारेको छ ।

एमालेले तयार पारेको घोषणापत्रमा वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको सचिव योगेश भट्टराईले बताएका छन् ।
एमाले नेतृत्वको सरकारले ०५१ मा वृद्धहरुको सम्मानका लागि भत्ता सुरु गरेको उल्लेख गर्दै भत्ता कम्तीमा पाँच हजार पुर्याउने उल्लेख छ ।

प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्याएर दक्षिण एसियामै अगाडि बढ्ने योजना घोषणापत्रमा उल्लेख गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org