ताजा समाचार

विद्यालयले विद्यार्थीका प्रतिनिधि चयन गर्यो

 

विराटनगर । प्रजातान्त्रिक प्रणालीलाई अवलम्बन गर्दै विराटनगरस्थित एभरेष्ट माध्यमिक विद्यालयले विद्यार्थीका प्रतिनिधि चयन गरेको छ ।विद्यालयमा शुक्रबार मतदानको प्रक्रियाबाट “हेड ब्वाय” र “हेड गर्ल” चयन गरिएको हो । विद्यार्थी र विद्यालयका शिक्षकबीच समन्वयात्मक भूमिकाका लागि विद्यालयले विद्यार्थी प्रतिनिधि चयन मतदानबाट गराइएको जनाएको छ ।

प्रतिस्पर्धात्मक रुपमा भएको मतदान “हेड ब्वाय” पदमा गौरव बराल र “हेड गर्ल” पदमा स्वेच्छा राउत विजयी भएका छन् । “हेड ब्वायका” लागि समीप पौडेल, सृजल श्रेष्ठ,गौरव बराल,रोहित पोख्रेल र “हेड गर्ल” का लागि संस्कृति कोइराला,सृष्टि भण्डारी,स्वेच्छा राउत, मुस्कान गुप्ताले उम्मेदवारी दिएका थिए ।

मतदानमा कक्षा ५ देखि कक्षा १० सम्मका १ हजार १ सय विद्यार्थीले मतदान गरेका थिए । विद्यालयले प्रत्येक वर्ष प्रजातान्त्रिक प्रणली मार्फत “हेड ब्वाय” र “हेड गर्ल” को चुनाव गराउदै विद्यार्थीहलाई प्रजातान्त्रिक परिपाटीको अभ्यास गराउँदै आएको विद्यालयका प्राचार्य टीकाराम पुरीले जानकारी दिएका छन ।

एभरेस्ट पछिल्लो सयम विराटनगरमा अब्बल शिक्षा दिने शैक्षिक संस्थाको रुपमा स्थापित बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org