ताजा समाचार

बाँकेमा आगलागी, ६० घर जलेर नष्ट

खजुरा (बाँके), १६ वैशाख । जिल्लाको डुडुवा गाउँपालिका–१ होलियाको छिटाइपूर्वामा गए राति भीषण आगलागी भएको छ ।

एक्कासि भएको आगलागीले फुसले छाएको करिब ६० कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । त्यहाँका स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षति विवरण पूर्ण रुपमा नआएको प्रहरीले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org