ताजा समाचार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानका लागि थप ४ अर्ब रुपैयाँ अख्तियारी दियो

काठमाडौं, १६ वैशाख । भूकम्प प्रभावित जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान दिन थप ४ अर्ब रुपैयाँ अख्तियारी दिएको छ ।

शुक्रवार प्राधिकरणले संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई भूकम्प प्रभावित जिल्लामा लाभग्राहीबाट माग गरिए अनुसारको अनुदानमा कमि हुन नदिन उक्त रकम अख्तियारी दिएको हो ।
भूकम्पले अति प्रभावित १४ जिल्ला र कम प्रभावित १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागी धमाधम अनुदान बितरण भइरहेकाले रकम अभाव हुन नदिन अग्रीम रुपमै जिल्लामा पठाउने गरि उक्त रकम स्थानीय विकास मन्त्रालयलाई अख्तियारी दिइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

निजी आवास पुनर्निनिर्माणका लागी अनुदान दिन प्राधिकरणले यसअघि ४१ अर्ब ७७ करोड ११ लाख ८ हजार रुपैयाँ वितरणको अख्तियारी दिएको थियो । जसमा २४ अर्ब ७० करोड ६९ लाख नेपाल सरकारको, पुनर्निर्माण संयुक्त कोषको १ अर्ब ४७ करोड ९ लाख, भारतको ५ अर्ब २ करोड, आइडीएको ६ अर्ब १४ करोड १३ लाख, जाइकाको २ अर्ब ९३ करोड र आईएमएफ को ५ अर्ब रुपैयाँ छ ।

आवश्यक मापदण्ड र प्रक्रिया पुरा गरिसकेका लाभग्राहीले भूकम्प प्रभावित ३१ जिल्लामा धमाधम अनुदान लिइरहेका छन् ।
अहिलेसम्म भूकम्प अति प्रभावित १४ जिल्ला मध्ये ११ जिल्लामा ९८ प्रतिशतले पहिलो किस्ता बुझेका छन भने कम प्रभावित १७ जिल्लामा पनि पहिलो किस्ता बितरण तीव्र रुपमा भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org