ताजा समाचार

ओली निवास बालकोट पुगे शेरबहादुर देउवा


काठमाडौं, १६ वैशाख । शनिबार विहानै कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटोलालगायत नेतासँगै देउवा पुगेका हुन् ।

स्थानीय तहको निर्वाचन र संविधान संशोधनबारे छलफल गर्न देउवा पार्टीका नेताहरुसहित बालकोट पुगेको बताइएको छ । छलफलमा एमालेका तर्फबाट भने पार्टी अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेललगायत नेता सहभागी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org