ताजा समाचार

एमालेलाई काँग्रेसले पनि मनाउन सकेन

काठमाडौं, १६ बैशाख । संविधान संशोधन गर्न नमानिरहेको प्रमुख विपक्षी नेकपा एमालेलाई मनाउन गएको सत्तारुढ नेपाली कांग्रेसको प्रयास पनि असफल भएको छ ।

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु शनिबार विहान एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए ।

चुनाव गराउनु पर्ने भन्दै बैठकमा कांग्रेस नेताहरुले संविधान संशोधनमासहमति गर्न प्रस्ताव गरेका छन् ।

तर, एमालेले अस्वीकार गरेको छ । संविधान संशोधन कुनै हालतमा पास हुन नदिने भन्दै एमाले अध्यक्ष केपी ओलीले ‘एमाले विना दुई तिहाई पुर्‍याउँछु भन्ने नसोचेपनि हुन्छ’ भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org