ताजा समाचार

प्रचण्डले सत्ता लम्ब्याउन गरे यस्तो काइदा, सीपी मैनाली उपप्रधानमन्त्री बन्दै

काठमाडौं, १७ वैशाख । विपक्षी गठबन्धनमा रहेको दल नेकपा माले सरकारमा सहभागी हुने भएको छ ।

बालुवाटार स्रोतका अनुसार मालेका अध्यक्ष सीपी मैनाली पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री बन्दैछन् । उनले आजै सपथ लिने बताइएको छ ।

संसदमा प्रस्तुत संविधान संशोधन विधेयकमा बहुमत संख्या पुगाउन प्रधानमन्त्री प्रचण्डले नेकपा मालेलाई उपप्रधानमन्त्री पद दिएर सरकारमा सहभागी गराउन लागेको स्रोतको भनाई छ । यसका लागि मैनालीसँग प्रधनमन्त्रीले पटक पटक छलफल गरेका छन् ।

‘पहिला सीपी मैनालीलाई उपप्रधानमन्त्री बनाएरै प्रधानमन्त्री ज्यूले आजै सपथ गराउनुहुन्छ,’ स्रोतले भन्यो– ‘त्यसपछि नेकपा माले समर्थन लिएर संविधान संशोधन विधेयक पारित गराउनुहुन्छ ।’

यसविषयमा थप टुंगो लगाउन प्रधानमन्त्री प्रचण्ड र मालेका अध्यक्ष सीपी मैनालीबीच आजपनि छलफल भइरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org