ताजा समाचार

तस्बिरमा हेर्नुहोस् उम्मेद्वारी मनोनयनको दर्ता


काठमाडौं । काठमाडौं महानगरपालिकामा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने स्थल राष्ट्रिय सभागृहमा उम्मेदवार र कार्यकर्ताको चहल पहल बढेकोे छ । विवेकशील पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले मनोनयन दर्ता गराएका छन् ।

रञ्जुसँगै साझा पार्टीका मेयरका उम्मेद्वार किशोर थापा पनि मनोनयनको लाइनमा देखिएका थिए । स्वतन्त्र उम्मेद्वारका रुपमा काठमाडौंको मेयरमा एक नम्बरमा जेनिशा भट्टराईले उम्मेद्वारी दर्ता गरेकी छिन् । ठूला दलका कार्यकर्ताहरुको भने चहलपहल देखिएको छैन । उम्मेदवार नै ठेगान नभएकाले ठूला दलका कार्यकर्ताहरु निर्वाचन कार्यालयमा भन्दा पार्टी कार्यालयतिरै झुम्मिएका छन् ।

 

ललितपुरमा मनोनयन दर्ता 

ललितपुरमा माओवादी केन्द्रसहित साना दलको उम्मेदवारी

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ ।

बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रियाअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म पाँच जनाले प्रमुख र चार जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

ललितपुरका मुख्य निर्वाचित अधिकृत बालमुकुन्द दवाडीले महानगरमा उम्मेदवारी दर्ता भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार नेकपा ९माओवादी केन्द्र०बाट प्रमुखमा दिनेश महर्जन र उपप्रमुखमा हसिना शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यसैगरी नेकपा ९माले०बाट प्रमुखमा मोहनराज शाक्य र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, नेकपा९क्रान्तिकारी माओवादी०बाट प्रमुखमा विजय खड्गी र उपप्रमुखमा इन्द्रिरा अधिकारी तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुखमा रोशन महर्जन र स्वतन्त्रबाट रमेश महर्जनले प्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत दवाडीले जानकारी गराउनुभयो ।

यसैगरी उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाबुकाजी महर्जन र स्वतन्त्रबाट शोभा शाक्यले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराइने भने तापनि ठूला दल नेपाली काँग्रेस र नेकपा९एमाले० अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् ।
विसं २०५४ पछि पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले उत्साही भएर उम्मेदवार दर्ता गराइरहनुभएको छ ।

ललितपुर महानगरमा एक लाख १२ हजार नौ सय २५ जनसङ्ख्या छ ।

तस्बिर : प्रदीपराज वन्त, रासस

http://news-nepal.com/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6-%E0%A4%A8%E0%A4%82-%E0%A5%A9%E0%A5%AA-%E0%A4%B0-%E0%A5%AC-%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%AF/

 

http://news-nepal.com/%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8-%E0%A4%B0-%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80-%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6/

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org