ताजा समाचार

कविता : अब म र मेरो मायाको अन्त्य हुनेछ !


डिसेम्बरको अन्त्यमा पनि हिउँ नपर्न सक्छ !
हिउँसँगै क्रिसमस मनाउने तिम्रो रहर
रहरमै सेलाएको हुनेछ ।

त्यो वर्ष
जुन वसन्त नछाएको वर्ष
फूलले फुल्न बिर्सिनेछन् ।
झुक्किएर लागेका कोपिला
फक्रिन नपाई झर्नेछन् ।

त्यो वर्ष
जुन वादल रिसाएको वर्ष
साँझमा झ्याउँकिरी कराउने छैनन् ।
कि त अनावृष्टि या अतिवृष्टि
किसानले खेती गर्न पाउने छैनन् ।

त्यो वर्ष
जून र घामले साथ नदिएको वर्ष
हावा वहन विर्सनेछ ।
पशुपन्छीले आफ्नो घर गुमाउनुपर्ने छ ।
अनि तिमीले एकल राज्य चलाउने छौं ।

हो,त्यही वर्ष
जुन वर्षमा
म र मेरो मायाको अन्त्य हुनेछ ।

जसको अन्त्यस्टी मुर्दा बनी,
आगो बनेर केही उडेर जानेछन् ।
खरानी बनेर केही बगेर जानेछन् ।
केही माटोमा मिल्नेछन् ।
हो, त्यही वर्ष ।

पुजा पराजुली,कास्की
हाल : टेक्सास, अमेरिका

 

यो पनि पढ्नुस् । 

http://news-nepal.com/%E0%A4%95%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%BE-%E0%A4%86%E0%A4%AE%E0%A4%BE-%E0%A4%AE-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%B9%E0%A5%87%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BF/

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org