स्थानीय तह निर्वाचनमा दर्जनौं विद्यार्थी नेता उम्मेदवार
काठमाडौं,२१ वैशाख । स्थानीय तह निर्वाचनमा दर्जनौं विद्यार्थी नेता उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसम्ममा विद्यार्थी नेताहरु उम्मेदवार बनेका छन् । ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बन्न पनि कतिपय विद्यार्थी नेताले लबिङ गरिरहेका छन् ।
माओवादी केन्द्रका तर्फबाट अनेरास्वविय क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने मेयरको उम्मेदवार बनेका छन् । बाँकेको कोहलपुर नगरपालिकामा न्यैपानेलाई मेयरको उम्मेदवार बनाउने निर्णय पार्टीले गरिसकेको छ ।
क्रान्तिकारीकै सचिव भगतसिंह छेकर बोहरा दार्चुलाको खण्डेश्वरी गाउँपालिकाको अध्यक्षमा र अर्का सचिव बिर्सिका राई खोटाङको गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी छन् ।
३१ वैशाखमा हुने निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट प्रदेश नं। ३ मा पाँच केन्द्रीयस्तरका नेता स्थानीय तहमा भिड्दै छन् । अध्यक्ष नरेन्द्र न्यौपानेका अनुसार केन्द्रीय सचिवालय सदस्य कविता ढुंगाना नुवाकोटको बेलकोटगढी नगरपालिकामा उमपेयर उम्मेदवार बनेकी छन् ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय स्तरका नेताहरु पनि स्थानीय तहमा उम्मेदवार बनेका छन् । केही नेता दोस्रो चरणको निर्वाचनको तयारीमा छन् । अनेरास्ववियुका कार्यालय सचिव राजेन्द्र गजुरेलका अनुसार केन्द्रीय सदस्य सृष्टि रेग्मी बाजुराको बुढीनन्दा नगरपालिकाको उपमेयरमा उम्मेदवार बनेकी छन् । त्यसैगरी केन्द्रीय सदस्य ईश्वर तिमिल्सिना सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका वडा नं। ७ को अध्यक्षको उम्मेदवार बनेका छन् ।
नेविसंघका केन्द्रीय स्तरका नेताहरुको स्थानीय तहमा एकदमै न्यून उम्मेदवारी परेको छ । नेविसंघ अध्यक्ष नैनसिंह महरका अनुसार केन्द्रीय सदस्य कल्पना खड्का रापेछापको लिखु गाउँपालिकाबाट उपाध्यक्ष पदको उम्मेदवार बनेकी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...