ताजा समाचार

प्रधानन्यायाधीश विरुद्धको महाअभियोगले आज संसदमा प्रवेश पाउने

काठमाडौं,२१ बैशाख। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर भएको महाअभियोग प्रस्तावले आज व्यवस्थापिका संसदमा प्रवेश पाउने भएको छ ।

दिउँसो ३ बजे संसदको बैठक बोलाइएको छ । आजको बैठकले छलफलका लागि समय र मिति तोक्ने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

आइतबार कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले  महाअभियोग फिर्ता लिन माग गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org