ताजा समाचार

मत माग्दै घरघरमा पुगे उम्मेदवार

भक्तपुर, २२ वैशाख । ‘आमा, बुबा हाम्रो नगरको विकास गर्न तपाईं कै गाउँको केटो म आएको छु, मलाई भोट दिनुस है ।’
बिहान ७ बजे नै नेपाली काँग्रेसबाट भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखका उम्मेदवार विष्णुराज कार्कीले हात जोडेर सिरुटारको उपयोगी चोकमा ज्येष्ठ नागरिकसँग भोट माग्नुभयो ।
झन्डा र प्रचार सामग्री बोकेर टोलीसहित भोट माग्न आएका नेतालाई देखेर उत्साहित भएका मतदाताले भने —“हामी भोट दिन्छौ तपाईंहरु हामीलाई पानी दिनुस् ।”
उम्मेदवार कार्कीले गाउँमा पानी ल्याइदिने बचन दिनुभयो । टोलीमै उपप्रमुखकी उम्मेदवार कल्पना राजथलासहितको काँग्रेसको टोलीले भोट माग्दै सूर्यविनायक नगरपालिका १ सिरुटारको टोल/टोल र घर/घरमा पुग्दा मतदाता निकै उत्साहित भएका थिए ।
यता नेपाली काँग्रेस मध्यपुर थिमिका प्रमुखका उम्मेदवार अष्टकुमार कवेँले पनि घरदैलो अभियान सुरु गर्नुभएको छ । मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीबाट उहाँले घरदैलो अभियान सुरु गर्नुभएको हो ।
लोकन्थलीको द्वारेटोल, सरस्वतीनगर, सङ्गमनगर लगायतको क्षेत्रमा घर÷घरमा पुगेर प्रमुखका उम्मेदवार कवेँले भोट माग्नुभएको थियो । उहाँले मध्यपुर थिमिको मुहार फेर्ने र विकास ल्याउने बाचा गर्दै भोट दिन आग्रह गर्नुभएको थियो ।
यता चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले)ले पनि आजदेखि घरदैलो अभियान सुरु गरेको छ । सो दलका प्रमुखको उम्मेदवार रहनुभएका एमाले केन्द्रीय सदस्य सोम मिश्र र उपप्रमुख उम्मेदवार बिना बास्तोलाले घर÷घरमा पुगेर भोट माग्नुभएको छ ।
मतदातासँग उम्मेदवार मिश्रले जिल्लामै पछाडि परेको चाँगुनारायण नगरपालिकामा विकासको लहर ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले चाँगुनारायणका गाउँगाउँलाई सडक सञ्जालसँग जोड्ने, यस नगरक्षेत्रमा अझै पनि सडक पक्की हुन नसकेकाले निर्माण भएका सडकलाई पक्की बनाउने, खानेपानी र सिँचाइको व्यवस्था गर्ने, यातायातको पहुँच गाउँगाउँमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
गाउँगाउँमा बाजागाजासहित झन्डा र प्रचार सामग्री बोकेर समर्थकको लहरमा नाचगान गर्दै घर÷घरमा पुगेर उहाँले भोट माग्नुभयो ।
भक्तपुरमा आजदेखि काँग्रेस र एमालेले घरदैलो अभिायन सुरु गरेका हुन् ।
चार प्रमुखसहित तीस जनाद्वारा उम्मेदवारी फिर्ता

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये प्रमुख, वडा अध्यक्ष र सदस्य गरी तीस जनाले आज उम्मेदवारी फिर्ता लिएका छन् ।
आज उम्मेदवारी फिर्ता लिने दिन केही दलका र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईले जानकारी दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org