ताजा समाचार

सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा दुखी

गुलरिया (बर्दिया), २४ वैशाख । सामाजिक सुरक्षा भत्ताबापतको रकम ३ महिना बितिसक्दा पनि नपाएका कारण वृद्धवृद्धाले गुनासो गर्न थालेका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाका–१ देखि ५ नं वडाका वृद्धवृद्धाले अझै पनि सुरक्षा भत्ता पाउन सकेका छैनन । सरकारले स्थानीय तहको पुनःसंरचना गरेको महिना बितिसक्दा पनि जिल्ला समन्वय समितिले नगरपालिका कार्यालयको खातामा रकम उपलब्ध नगराएका कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् ।

सामाजिक सुरक्षा कार्यविधि २०७३ अनुसार गत फागुन मसान्तभित्र बाँड्नुपर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै खातामा रकम उपलब्ध नगराएका कारण र खाता बन्द भएकाले भत्ता वितरण गर्न ढिला भएको ठाकुरबाबा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुरेश सुनारले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबैको बैंक खातामा रकम जम्मा भएको सूचना एक हप्ताभित्रमा दिइने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुनारले जानकारी दिनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org