ताजा समाचार

गच्छदारले उपप्रधानमन्त्रीमा आजै सपथग्रहण गर्ने

काठमाडौं २५ बैशाख । विजयकुमार गच्छदार सरकारमा सहभागी हुने भएका छन् । सरकार बाहिर रहँदा पानीविनाको माछा जस्तै हुने उनी  जसरी पनि ‘सेटिङ’ मिलाएर राप्रपा अध्यक्ष कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर सरकारमा सहभागी भएका छन् । गच्छदारले आजै सपथग्रहण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् । त्यसैगरी भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि गच्छदारको पार्टी फोरम लोकतान्त्रिकले पाउने भएको छ । यसअघि यी तीनवटै मन्त्रालय कमल थापा नेतृत्वको राप्रपाले सम्हालेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org