ताजा समाचार

निर्वाचन आयोगले माओवादी सचेतक र एमाले उम्मेदवारसँग माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं,२६ बैशाख । निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिका प्रमुख र उपप्रमुखका एमाले उम्मेदवारसँग २४ घण्टे स्पष्टिकरण मागेको छ । यस्तै निर्वाचन आयोगले माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई पनि २४ घण्टे स्पष्टिकरण मागेको छ ।

निर्वाचन आचारसँखिता उल्लँघन गरेको भन्दै आयोगले एमाले थाक्रे गाउँपालिका प्रमुखका उम्मेदवार रामकुमार आचार्य र उपप्रमुखकी उम्मेदवार अम्बिका रुपाखेतीलाई स्पष्टिकरण मागेको हो ।

उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पुष्टि भएपछि आयोगले २४ घणटे स्पष्टीकरण माग गर्ने निर्णय गरेको आयोगले बताएको छ ।

उम्मेदवारले बैशाख २५ गते तीन ट्रक कार्यकर्तासहित, स्कारपियो गाडी, ब्यानर, दल, निर्वाचन चिह्न तथा टि(सर्ट सहित मोटर साइकल र्‍याली निकालेको आयोगले जनाएको छ । निर्वाचन आयोगले गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारले एउटा गाडी र दुई वटामात्र मोटरसाइकल प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।

आयोगले प्रमुख निर्वाचन आयुक्तले नै अनुगमनको क्रममा धादिङ सिम्लेमा सप्रमाण आचार संहिता विपरितको कार्य भएको देखेकाले निर्वाचन आचार संहिता विपरीत काम कारवाही गरेको कसूरमा हदैसम्मको कारवाही किन नगर्ने रु भन्दै स्पष्टिकरण सोधेको हो ।

माओवादी केन्द्रकी सचेतक सीता नेपालीले आयोगका प्रवक्ताका अनुसार भन्दै अहिलेसम्म निर्विरोध सदस्यमध्ये माओवादी केन्द्रले १४५ पदमा, कांगे्रसले १३५ पदमा र एमालेले २५ पदमा विजयी भएको भन्दै स्टाटस लेखेको भन्दै स्पष्टिकरण सोधेको छ । निर्वाचन आयोगमा उनको फेसबुक पेजको प्रिन्टसमेत संलग्न गरी आयोगसमक्ष उजुरी प्राप्त भएपछि आयोगले स्पष्टिकरणको माग गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org