ताजा समाचार

माओवादी र एमाले कार्यकर्ताबीच झडप, एकको मृत्यु

दोलखा, २७ वैशाख । दोलखामा गए राति एमाले–माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गौरीशंकर गाउँपालिका – १ जुँगु दहबारीमा  राति भएको झडपमा हुप्पाका स्थानीय बासिन्दा कुलबहादुर तामाङको ज्यान गएको हो । तामाङको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको हो ।

झडपमा गौरीशंकर गाउँपालिका–२ नीलकण्ठेश्वर उच्च माविका शिक्षक तथा एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन्। उनलाई बुधार राति नै उपचारका लागि काठमाडौं ल्याइएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालले जानकारी दिएका छन् ।

दोहोरो झडपमा परि नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भरत खड्कालगाएत माओवादीका आधा दर्जन कार्यकार्ता घाइते भएका छन् । एमाले–माओवादी दुवै पक्षले घटनामा एक अर्कालाई दोष दिएका छन् ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी कटवालले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । घटनापछि जुँगु दहबारीका मतदाता त्रासमा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org