अनिश्चितकालीन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता
कञ्चनपुर, २७ वैशाख । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निजी विद्यालयको छाता सङ्गठनका प्रतिनिधि, संयुक्त विद्यार्र्थी सङ्गठन, शिक्षा कार्यालयका प्रतिनिधिसहितको बैठकले निजी संस्थागत विद्यालयमा गरिएको अनिश्चितकालीन शैक्षिक हडतालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । साथै, जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा विद्यार्थी तथा शिक्षक सङ्गठनका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहेको संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले संस्थागत विद्यालयको श्रेणी विभाजन नहुने बेलासम्मका लागि शुल्क वृद्धि नगर्ने, पुनः विद्यार्थी भर्ना शुल्क नलिन, नियमावली विपरित रहेका यातायातका साधन सञ्चालनमा नल्याउने, विभिन्न शीर्षकमा शुल्क लिन नपाउने, कापी, पुस्तक, पोसाकलगायतका सामग्री विद्यालयबाटै बेच्न नपाउने, अनुमतिबिना कक्षा सञ्चालन नगर्ने, अनुमतिबिना सञ्चालनमा ल्याइएका विद्यालयलाई खारेज गर्ने निर्णयपछि विद्यालय बन्दका कार्यक्रम फिर्ता लिइएको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कैलाश चन्दले बताउनुभयो ।
जेठ मसान्तसम्म निजी विद्यालयको श्रेणी वर्गीकरण गरिसक्नेलगायतका निर्णयसहित शैक्षिक हडतालका कार्यक्रम फिर्ता लिइएको उहाँले बताउनुभयो । बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारदेखि बन्द विद्यालय सुचारु हुने उहाँको भनाइ रहेको छ । रासस
Comments
अरु समाचार
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...
-
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...