ताजा समाचार

निर्वाचन आयोग बोलायो प्रमुख दलका शीर्ष नेतालाई

 काठमाडौँ, २७ वैशाख । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको समग्र तयारीका बारेमा सबै दलका शीर्ष नेतालाई छलफल लागि बोलाएको छ ।

आयोगको कार्यकक्षमा आज अपराह्न ४ बजे हुने बैठकमा निर्वाचनको तयारी, आचारसंहिताको पालना, मतदाता शिक्षा, दलहरुबीचको आपसी सहमति र संवादलगायत विषयमा छलफल हुने आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा यही वैशाख ३१ गते हँुदैछ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org