ताजा समाचार

निर्वाचन आयोगले भोलिदेखि मतदाता परिचयपत्र वितरण गर्ने

काठमाडौं, २७ वैशाख । निर्वाचन आयोगले भोलिदेखि मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने मतदान केन्द्रवाटै परिचयपत्र वितरण गर्ने आयोगका प्रवक्ता सुर्य शर्माले जानकारी दिए । भोलिदेखि ३० गतेसम्म परिचय पत्र वितरण गरिने उहाँको भनाई छ । आफूले मतदान गर्ने केन्द्रवाट आफैं उपस्थित भएर परिचय पत्र लिन आयोगले मतदातालाई आग्रह गरेको छ । स्थानीय तह निर्वाचनका लागि मतदाताहरुलाई निर्वाचन चिन्हबारे जानकारी दिन आयोगले भोलिदेखि स्वयमसेवक समेत खटाउने भएको छ । भोलिदेखि ३० गतेसम्म ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता खटाउने आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org