ताजा समाचार

रसुवाको एउटा नमुना मतदान केन्द्र बन्दै, महिला कर्मचारी मात्र खटिए

रसुवा २८ बैशाख । वैशाख ३१ हुने पहिलो चरणको स्थानीय तह चुनावको लागि रसुवाको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ ।

रसुवाको गोसार्इंकुण्ड गाउँपालिका–६ धुन्चेमा रहेको रसुवा मावि मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म सबै महिला कर्मचारी खटाइएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन स्थल महिलामैत्री र नमुना केन्द्रका रूपमा स्थापित गर्नका लागि महिलाकै नेतृत्वमा निर्वाचन केन्द्र सञ्चालन गर्नका लागि महिला जनशक्ति मात्र खटाइएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत बसुन्धरा शर्मा मतदान अधिकृत, जिल्ला नापी कार्यालय रसुवाका सर्वेक्षक अन्जु नेपाल सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी, दुईजना कार्यालय सहयोगी समेत महिला रहेका छन् । मतदान केन्द्रमा ६ सय ९४ जना मतदाता रहेका छन् ।

चुनावका लागि जिल्लामा दुई सय ५२ जना कर्मचारी परिचालन गरिएको छ । पाँच गाउँपालिका रहेको जिल्लामा ३४ मतदान स्थल र ४२ मतदान केन्द्र रहेको छ । २७ हजार ८ सय ५४ जना मतदाता रहेको रसुवामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका लागि ५ सय १२ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org