ताजा समाचार

सगरमाथा अच्चल यातायात कार्यालयमा प्रेसर कुकर बम विस्फोट

सिरहा, २८ बैशाख । सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा बम फिस्फोट भएको छ । बिहिबार मध्यान्ह अज्ञात समुहले यातायात व्यवस्था कार्यालय परिसरमा प्रेसर कुकर बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बम फिस्फोटबाट कार्यालयमा क्षति पुगेको बताइएपनि कुनै मानविय क्षति भने भएको छैन । घटनापछि सो क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org