ताजा समाचार

निर्वाचन अवधिभर रक्सी खान, बिक्रिवितरण तथा ओसारपोसार गर्न नपाइने


जुम्ला, २९ बैशाख । जुम्लामा निर्वाचन अवधिभर रक्सी खान नपाईने भएको छ । सर्वदलीय सर्वपक्षीय बैठकले निर्वाचन अवधिभर रक्सी पूर्णरुपमा रोक्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्वाचन अवधिमा राजनीतिक दल, प्रशासन, पत्रकारहरु र नागरिक समाजले आआफ्नो स्तरबाट रक्सी सेवन र बिक्री वितरण रोक्नका लागि सहयोग गर्ने र निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र स्वतन्त्र ढंगले अघि बढाउने बिषयमा निर्णय भएको छ ।

छलफलमा निर्वाचनमा मतदाता शिक्षा प्रभाकारी नभएको भन्ने विषयमा व्यापक गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी सापकोटाले छोटो समय भएकोले कठिनाई भएको र मतदाता शिक्षा कार्यकर्ताहरुलाई सम्पर्क गर्न निर्देशन समेत दिएका छन् ।

यसैगरी निर्वाचनमा सूचना सहज रुपमा कसरी लिने भन्ने विषयमा समेत छलफल भएको थियो । पत्रकारहरुले जिल्लामा टेलिफोन समस्याका कारण समाचार संकलन कठिनाई हुने भएकाले एकीकृत सूचना डेक्स र सूचना अधिकारी राख्नुपर्ने माग गरेका थिए । यसैगरी प्रमुख जिल्ला अधिकारी सापकोटाले पाउनुपर्ने र उपलब्ध भएको सूचना सजिलै उपलब्ध गराउने विषयमा समन्वय गरि सजिलो बनाउने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org