ताजा समाचार

राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणको लागि बैंकक हुँदै श्रीलंका प्रस्थान

काठमाडौं, २९ बैशाख । राष्ट्रपति विद्या भण्डारी शुक्रबार पाँच दिने भ्रमणका लागि श्रीलंका प्रस्थान गरेकी छन् । बुद्धजयन्तीको अवसरमा श्रीलंकाको क्याण्डीमा आयोजित विशेष सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी भण्डारी थाइल्यान्ड हुँदै त्यस तर्फ प्रस्थान गरेकी हुन् । सवारी मन्त्रीको रुपमा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी पनि राष्ट्रपति भण्डारीसँगै त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

बैंककमा रहँदा राष्ट्रपति भण्डारीले स्वर्गीय थाई राजा भूमिबल अब्दुल्यादेजको पार्थिव शरीरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली व्यक्तगर्नेछिन् । थाई राजा भूमिबलको गत वर्ष असोज २७ गते निधन भएको थियो । उनको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ ।

बैंककपछि राष्ट्रपति श्रीलंका जानेछिन् । राष्ट्रपति भण्डारीले श्रीलंकाली समकक्षी मैत्रिपाला शिरिसेनासँग भेटवार्ता गर्नेछिन् ।पाँचदिने भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org