ताजा समाचार

एलईडी बल्ख खरिद प्रकरणः दिल्लीमै पर्छ प्रतिगोटा १ सय ९० भारुभारतभन्दा आधै सस्तो


काठमाडौं, ३० बैशाख । विद्युत्त प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी बल्बको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय चार रुपैयाँ) पर्ने त्यहाँका बिक्रेताले बताएका छन् ।

नयाँदिल्लीस्थित द्वारका सेक्टर १२ मा रहेको संकल्प इलेक्ट्रिकल्सका बिक्रेता अविनाश गुप्ताले फिलिप्स ब्रान्डको इलईडी चिमको एक सय ९० भारु पर्ने जानकारी दिए । ‘हामीले फिलिप्सको नौ वाटको एलईडी चिम सबैभन्दा सस्तोमा यही मूल्यमा बेचिरहेका छौं,’ गुप्ताले भने ।
प्राधिकरणले भारतीय सरकारी कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेस लिमिटेडमार्फत यही ब्रान्ड र यही क्षमताको २ करोड थान चिम आयात गर्दैछ । उक्त चिममा भन्सार महसुल, कर, ढुवानीलगायत शुल्क जोडेर उपभोक्तालाई प्रतिगोटा १ सय ४० रुपैयाँमा खरिद गर्ने योजना प्राधिकरणको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org