ताजा समाचार

नोबेल अस्पतालद्धारा २० किलोको ट्युमर भएका व्यक्तिको सफल शल्यक्रिया

पथरी (मोरङ), ३० वैशाख । विराटनगरमा रहेको नोबेल अस्पतालले २० किलोको ट्युमर भएको व्यक्तिको सफल शल्यक्रिया गरेको छ ।अस्पतालले सुनसरीको दुहवी–१ का मोहम्मद इस्ताकको कानको पछाडिको भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

अस्पतालका वरिष्ठ न्युरोसर्जन डा. आइप चेरियन नेतृत्वको टोलीले इस्ताकको ट्युमरको सफल शल्यक्रिया गरेको र यस्तो शल्यक्रिया कमैको हुने गरेको शुक्रबार जानकारी दिनुभयो । उहाँले यस्ता शल्यक्रिया गर्नका लागि धेरै मेहनत गर्नुपर्ने भएकाले पनि यो शल्यक्रिया जटिल प्रकृतिको रहेको उल्लेख गर्नुभयो ।

यस्ताखालका ट्युमरले हड्डीमा असर गर्ने तथा नसा धेरै हुने र त्यसलाई व्यवस्थापन गर्दै शल्यक्रिया गरिएको डाक्टर चेरियन बताउनुहुन्छ । विगत पाँच वर्षदेखि सामान्य काँठोजस्तो देखिएकोमा विगत एक वर्षदेखि उक्त गाँठो बढ्दै जाँदा २० किलोसम्म भएको इस्ताकले जानकारी दिनुभयो । उहाँले एकाएक बढ्दा आफूलाई डर लागेर अस्पताल आउँदा समस्याको रुपमा देखिएपछि शल्यक्रिया गरिएको बताउनुभयो ।

आर्थिक अवस्था कमजोर रहेका बिरामीका लागि यो मुख्य समस्याका रुपमा रहने भएकाले शल्यक्रिया गर्न पनि समस्या हुने गरेको छ । चिकित्सकका अनुसार रक्तनशासँग जोडिएकाले पनि ५० प्रतिशत खतराको अवस्थामा रहेको थियो । तर गर्दै जाँदा समस्यालाई समाधान गर्न सकेकोमा चिकित्सकले अर्को सफलता हात परेको बताउनुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org