ताजा समाचार

बाख्रा चराउन गएका दुई बालिकाको खोलामा डुबेर मृत्यु

कपिलवस्तु, ३० बैशाख । कपिलवस्तुमा खोलामा डुबेर २ बालिकाको ज्यान गएको छ । जिल्लाको सुद्धोधन गाउँपालिका– २ स्थित भुताहा खोलामा डुबेर शुक्रवार साँझ २ बालिकाको ज्यान गएको हो । बाख्रा चराउन गएका राधेश्याम चौधरीकी ९ बर्षीया छोरी सृजना र शेखमान चौधरीकी ८ बर्षीया छोरी नुरमतिको खोला डबुेर ज्यान गएको प्रहरीले जनाएको छ ।

खोलामा तैरिरहेको अवस्थामा बालिकाहरुको शव भेटिएको थियो । घटनाबारे स्थानीयले जानकारी गराए पछि प्रहरी त्यहाँ पुगेको थियो ।खोलामा कसरी डुबे भन्ने बारे अझै थाहा नलागेको प्रहरी नायब उपरिक्षक प्रह्लाद अधिकारीले बताए । शवलाई परिक्षणका लागि तौलिहवा अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org